पशु आहराको लागि हरियो घाँस

पशुहरुबाट बढी तथा सस्तो दूध उत्पादन लिन हरियो घाँस प्रशस्त मात्रामा खुवाउनु पर्छ।जब सम्म  बाह्रै महिना हरियो घाँस उत्पादन गरिंदैन तबसम्म पशुहरुबाट अधिक र सस्तो दूध उत्पादन लिन सकिंदैन।यो तथ्यलाई विचार गरी नेपाल सरकारले Forage mission को कार्यक्रम संचालनमा ल्याएको छ।गाई भैंसीहरुलाई ३५४५ के.जी. हरियो घाँस दैनिक खुवाएमा दानामा ६० प्रतिशत कटौती हुन जान्छ।हरियो घाँसबाट पशुहरुले अधिक मात्रामा प्रोटिन, कार्वोहाइड्रेड, इनर्जी, भिटामिन तथा मिनरल पाउँछ जसले गर्दा बढी दूध उत्पादन गर्नमा सहयोग गर्छ।

हरियो घाँसमा हुनु पर्ने गुणहरु

हरियो घाँस पशुवस्तुलाई मन पर्ने गन्ध भएको, स्वादिष्ट, रसिलो, पोषिलो र सजिलोसँग पच्ने खालको  पशुहरुलाई नोक्सान पुर्याउने तत्व नभएको हुनुपर्छ।साथै संरक्षण गरेर राख् सकिने तथा थोरै खुवाएर बढी दूध उत्पादन गर्न सकिने खालको हुनुपर्छ।

हरियो घांसको प्रकार

मौसम अनुसार हरियो घाँस

(१) हिउँदे जस्तै: जै, भेच, वर्सिम, केराउ, बोडी, खेरी इत्यादि हुन्छ  

(२) वर्षे जस्तै:-टियोसेन्टी, दिनानाथ इत्यादि हुन्छ।

पोषकतत्वको मात्रा अनुसार

कोशेवालीः क्लोभर, भेच, वर्सिम, लुसर्न, डेस्मोडियम, केराउ, बोडी इत्यादिमा बढी प्रोटिन, भिटामिन र मिनरल पाइन्छ।

अकोशेवालीः यसमा जै, टियोसेन्टी, ज्वार, वाजरा, सुजन, दिनानाथ इत्यादि पर्छ।

वहुवर्षिय घाँसः यो घाँस एक पल्ट लगाए पछि धेरै वर्षसम्म उत्पादन दिन्छ।यसमा नेपियरपारा,   स्टाइलो, कलोभर, लुसर्न, पासपालम, राई ग्रास, कक्सफुटरोडस, गिनीग्रास, सेटारिया इत्यादि पर्छ।

संरक्षण (गर्न सकिने) अनुसार: कुनै कुनै घाँसेवालीबाट हे (जै, वर्सिम,स्टाइलो इत्यादि) र साइलेज (मकै, ज्वारवाजरा, टियोसेन्टी, नेपियर इत्यादि) बनाउन सकिन्छ

कटिङ्ग (लिन  सकिने) अनुसार: कुनै कुनै घाँसेवालीको  कटिङ्ग लिनसकिन्छ (जै, वर्सिम,  पासपालम, पारा, सेटारिया, रोड्स,  नेपियर इत्यादि) र कुनै कुनै घाँसेवालीबाट एक कटिङ्ग मात्रै लिन सकिन्छ(बोडी, दिनानाथ, मकै, बाजरा इत्यादि)।

हरियो घाँस उत्पादन र उपयोग

साधारणतया  हरियो  घाँसको उत्पादन ४० टन प्रति  हेक्टर  अर्थात् २ टन प्रति रोपनी हुने गर्छ।एक रोपनी जग्गामा भएको घाँसको उत्पादनले ३ वटा पशुलाई १महिनाका लागि हरेक दिन २५  के.जी.का दरले खुवाउन सकिन्छ तर वर्ष भरि नै खुवाउनु पर्ने भएकाले त्यो १ रोपनी जग्गालाई ३ वटा प्लटमा बिभाजन गरी हरेक प्लटमा घाँस उत्पादन चक्रिय प्रणाली अनुसार घाँस लगाएमा पशुलाई वर्ष भरिनै खुवाउन पुग्छ।

घाँसको बीउ छरेको पहिलो पल्ट ४०४५ दिनमा काट्न मिल्छ।त्यसपछि प्रत्येक महिनामा घाँस काट्न सकिन्छ।यदि ३४ कटिङ्ग लिने घाँसेवाली (जैवर्सिम, कलोभरपाराग्रास आदि) भएमा ३४ महिनासम्म उत्पादन लिन सकिन्छ।तर एक कटिङ्ग मात्र लिन सकिने घाँसेवाली(मकैज्वारवाजराटियोसेन्टी आदि)४०४५ दिन देखि काट्न सकिन्छ।चक्रिय प्रणालीबाट घाँस उत्पादन लिनका लागि जमिनमा गोठेमलको प्रर्याप्त प्रयोग भएको हुनु पर्छ।वर्सिम, भेच जस्ता कोशे घाँस प्रयोग गरिएकोे हुनाले यी घाँसले जमिनमा नाइट्रोजन उपलब्ध गराउने भएकोले जमिनको उर्वरा शक्ति राम्रो भइरहन्छ।

 

स्रोत

भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्रालय पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, पशु सेवा तालिम केन्द्र, गण्डकी प्रदेश, पोखरा; व्यावसायिक गाई भैंसी पालन हाते पुस्तिका

नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय पशु बिज्ञान अनुसन्धान प्रतिष्ठान, पशु आहारा महाशाखा, खुमलटार, ललितपुर; पशु आहारा सम्बन्धि कृषकहरुका लागि व्यावहारिक जानकारी