माछाहरु मुख्य गरेर सर्वभक्षी जलचर प्राणी हुन्। यिनीहरु विषेशत: पानीमा भएको वनस्पति तथा प्राणीजन्य जीवित वा सडेगलेका पदार्थहरु खाएर हुर्कने-बढ्ने गर्दछन्।यस्ता पदार्थहरु सुक्ष्म जीवाणुहरु देखि लिएर ठुल्ठुला जीव, बिरुवा तथा कृत्रिम दाना पनि हुन सक्दछन्। केहि माछाहरु मांशाहारी हुन्छन् र साना माछा वा अन्य जलचर प्राणीको सिकार गरेर खान्छन्।व्यावसायिक मत्स्यपालन गर्दा माछाको जात अनुसार तिनीहरुको प्राकृतिक आहारका साथै थप दानाको पनि व्यवस्था गरी अधिकतम उत्पादन लिइन्छ।

माछाको खाने बानी व्यहोरा

क्र.सं.

जात

खाने बानी

जलाशय क्षेत्र

मुख्य आहार

कत्ला/भाकुर

प्लांगटन आहारी

पानीको सतह तथा मध्य भाग

सुक्ष्म जीव/जुप्लांगटन

रहु

शाकाहारी

पानीको मध्य तथा पिँध

प्लांगटन, सडेगलेका पदार्थ तथा दाना

नैनि

सर्वहारी

पानीको पिँध

सडेगलेका पदार्थ तथा दाना

सिल्भर कार्प

प्लांगटन आहारी

पानीको माथिल्लो तथा मध्य भाग

वनस्पतिजन्य जीवहरु, फाइटोप्लांगटन तथा दाना

विगहेड कार्प

प्लांगटन आहारी

पानीको माथिल्लो तथा मध्य भाग

प्राणीजन्य जीवहरु, जुप्लांगटन तथा दाना

ग्रास कार्प

शाकाहारी

सबै तह

घाँस, जलीय बिरुवा र दाना

कमन कार्प

सर्वहारी

पानीको पिँध र मध्य भाग

पिँधमा पाइने जीवहरु, सडेगलेका पदार्थ तथा दाना

ट्राउट माछा

मांशाहारी

सबै तह

पशुजन्य प्रोटिनयुक्त दाना

मागुर

मांशाहारी

सबै तह

पशुजन्य प्रोटिनयुक्त दाना

१०

पंगास

सर्वभक्षी

सबै तह

प्रोटिनयुक्त दाना

श्रोत: मिश्र, २०७० तथा अन्य

 

माछा उत्पादन व्यवसायमा करिब ४०-६० प्रतिशत लागत दानामै खर्च हुने गर्दछ। नाफामुलक मत्स्यपालन व्यवसायमा दानाको खर्च फार्ममा बिक्रि गरिने माछाको मुल्य (Farm gate price) को २० प्रतिशत भन्दा बढी हुनु हुँदैन।

माछाका लागि प्राकृतिक आहारा (Natural food)

पानीमा वनस्पतिजन्य सुक्ष्मजीवहरु (Phytoplankton) जस्तै: लेउ (Algae), सिनेड्रा अल्ना (Synedra ulna), नाभीक्युला (Navicula), फ्राजिलेरिया (Fragilaria) आदि र प्राणीजन्य सुक्ष्मजीवहरु (Zooplankton) जस्तै: कोनोचिलस (Conochilus), ट्राइकोसर्का (Trichocerca), कालानोइडा (calanoida), डाफनिया (Daphnia) आदिका साथै पानीमा बस्ने क्रस्टासियन (Crustacean) प्रजातिका जीवहरु विशेषगरी गङ्गटा (Crabs), झिंगेमाछा (Lobsters/shrimp), शंखेकिरा, जलीय झारपात आदि पाइन्छ। धेरैजसो माछाहरुको मुख्य आहारा नै पोखरीको पानीमा पाइने यिनै प्राकृतिक आहार हुन्। यि प्राकृतिक आहारले विभिन्न माध्यमबाट पोखरीको सम्पर्कमा आएर उत्पादन वृद्धि गर्न सघाउ पुर्याउँछन्।

यि प्राकृतिक आहाराको वृद्धिदर पोखरी खनिएको माटोको मलिलोपना, पानीको गुणस्तर, जलवायु, पानीको तापक्रम, पोखरी भएको ठाउँको उचाइ, मोहडा आदिमा निर्भर गर्दछ। त्यसैले विभिन्न पोखरीको उत्पादन क्षमता बेग्लाबेग्लै हुन्छ | एकै पोखरीको उत्पादन क्षमता पनि बेग्ला-बेग्लै समयमा फरक फरक हुन सक्छ।

पोखरीको उत्पादन क्षमता बढाउन पोखरीमा प्रांगारिक वा रासायनिक मल प्रयोग गरिन्छ। व्यवसायिक रुपमा मत्स्यपालन गर्दा प्राकृतिक आहाराले मात्र माछाको उत्पादनशीलता बढाउन सकिन्न। यस्तो अवस्थामा माछाको शारीरिक आवश्यकता र जातअनुसार थप कृत्रिम आहार बनाएर माछालाई खान दिइन्छ।

माछाका लागि थप दानाको व्यवस्था (Supplementary feeds)

उन्नत प्रविधि अपनाएर माछा पाल्दा एउटा सानो जलाशय क्षेत्रमा बढी घनत्वमा माछा पालिन्छ। यस्तो अवस्थामा प्राकृतिक आहाराले मात्र माछाको अधिकतम वृद्धि कायम राख्न पर्याप्त पोषण पुग्दैन। तसर्थ व्यवसायिक उत्पादन लिनका लागि थप पूरक दानाको व्यवस्था गर्नुपर्छ। यस्तो दानाले माछाको शारीरिक क्रियाकलाप तथा वृद्धिदर कायम राख्न आवश्यक मात्रामा प्रोटिन, कार्बोहाइड्रेट तथा फ्याटको आपूर्ति गर्दछ।

मत्स्यपालन व्यवसायमा माछाको दानामा बढी खर्च लाग्छ। दाना व्यवस्थापन गरेर लागत घटाउन सकिन्छ, माछाको स्वास्थ्य र वृद्धिका साथै जलाशयको वातावरण पनि सुधार गर्न सकिन्छ।

दाना व्यवस्थापनका लागि निम्न तथ्यहरुमा ध्यान दिनुपर्दछ:

  • दाना बनाउने खाद्य सामग्रीको सहि चयन
  • किफायती दाना बनाउने तरिका
  • दाना खुवाउने सहि तरिका

माछाका लागि दाना उच्चस्तरको पोषिलो हुनुपर्दछ। यसमा प्रोटिनको मात्रा २८-३२%, फ्याट ३-६% तथा शक्ति, भिटामिन, खनिज र लवण आवश्यक मात्रामा मिसाइएको हुनुपर्दछ। माछाको भुरालाई ३०-३५% प्रोटिनयुक्त दाना आवश्यक पर्दछ। त्यस्तै माउ माछालाई २५-३०% र खाने माछालाई २०-२५% प्रोटिनयुक्त दाना दिनु पर्दछ तर ट्राउट माछाको भने सबै उमेर र अवस्थामा ३५% प्रोटिन भएको दाना आवश्यक पर्दछ। माछालाई सबैभन्दा आवश्यक पर्ने पौष्टिक तत्व कार्बोहाइड्रेट हो। खाद्यान्न बाली र तिनका उप-उत्पादनहरु (धानको ढुटो, गहुँको चोकर, पिठो, मकै आदि) कार्बोहाइड्रेटका स्रोतहरु हुन्। त्यस्तै भटमास, पिनाहरु, सिद्रा, माछाको धुलो एवम् गेडागुडीहरु प्रोटिनको स्रोतहरु हुन्। दानको फर्मुलेसन गर्दा प्रोटिनको प्रतिशतलाई बढी ध्यान दिइन्छ।

दानाको टुक्रा धेरै सानो वा धेरै ठूलो हुनु हुँदैन। साधारणतया यसको आकार ३-६ मिलिमिटर बिचको हुनुपर्छ। दाना बनाउनको लागि विशेषगरी भटमासको पिना, धानको ढुटो, गहुँको चोकर, मकैको पिठो तथा अन्य खाद्यसामग्रीहरुको प्रयोग गरिन्छ। दानामा फोस्फोरस, भिटामिन तथा खनिज तत्वहरु पनि आवश्यक मात्रामा मिसाइएको हुनुपर्दछ। माछाहरुले रेशमको कोया, भान्सामा उब्रिएको खाना, बंगुरको विष्टा आदि पनि खाने हुँदा खेर गएको खाद्य पदार्थहरु प्रयोग गर्न सकिन्छ। ग्रास कार्पका लागि हरियो पोषिलो घाँस र केराको पात पनि दिइन्छ।

माछाको दाना बनाउने नमुना

क्र.सं.

खाद्यपदार्थ

मात्रा (प्रतिशत)

 

 

नमुना १

नमुना २

नमुना ३

नमुना ४

नमुना ५

धानको ढुटो

४०

-

५२

३७

गहुँको चोकर

-

-

२०

२०

२०

मकैको पिठो

-

३१.५

-

-

-

भटमासको पिना

२८

१८.५

१३

२३

४६

तोरीको पिना

-

-

१०

१०

१०

जाँडको कट (Brewer waste)

२०

३१.५

-

-

-

सिद्र (Fish meal)

१२

१८.५

१०

१५

भिटामिन र मिनरल मिक्स्चर

०.५

-

-

-

-

प्रोटिन

२८

-

१८

२५

३०

श्रोत: विभिन्न

 

माछाको दाना धुलो वा मुछेको (Mash) वा डल्लो (pellet) को रुपमा बनाइन्छ। पलेट दाना पनि पानीमा डुब्ने (Compact/pressure pellet) र पानीमा तैरने (Extruded pellet) गरी दुई थरिका हुन्छन्। धुलो दाना भुराहरुको लागि उपयुक्त हुन्छ। पानीमा तैरिने दाना केहि महँगो पर्दछ।

दाना बनाउँदा खाद्य सामग्रीको आकारमा पनि विशेष ध्यान दिनुपर्छ। साना जीरा (Fry) का लागि ०.८-१.० मिलिमिटर, ठूला भुरा (Fingerlings) का लागि २-३ मिलिमिटर र ठूला माछाहरुका लागि ४-४.५ मिलिमिटर आकारको हुनुपर्दछ। पलेट दाना १-४ मिलिमिटर आकारका हुन्छन्। यिनीहरु हलुका भएकाले पानीमा तैरन्छन्। माछालाई खुवाइने दाना विभिन्न प्रकारका हुन्छन्। तिनीहरुको तुलनात्मक विवरण निम्नानुसार दिईएको छ:

माछाका लागि विभिन्न प्रकारका दानाहरुको तुलनात्मक विवरण

क्र.सं.

विवरण

दानाको किसिम

 

 

कच्चा दाना (Mash feed)

पलेट दाना (Pellet feed) [डुब्ने]

पलेट दाना (Pellet feed) [तैरने]

दानाको प्रकार

ढुटो वा पिठोको रुपमा

ट्याब्लेट/क्याप्सुल आकारमा, पानीमा डुब्ने

ट्याब्लेट/क्याप्सुल आकारमा, पानीमा तैरने

पानीमा हाल्दा हुने पोषकतत्व ह्रास (%)

५०-६०

२०

०-५

पानीमा पग्लिएर जाने सम्भावना

केहि समयमै घुलेर खेर जाने

एक घण्टासम्म नघुली रहने

१२-१८ घण्टासम्म नघुली रहने

पचाउन सक्ने क्षमता (Digestibility)

५०-६०

८०-९०

९५ भन्दा बढी

प्रदुषण

बढी

कम

अति कम

आहार परावर्तन अनुपात (Feed Conversion ratio)

१:३.५-४.५

१:२-२.५

१:१.५-१.७५

भुराबाट एक किलो हुन लाग्ने समय (दिन)

४५०

२४०-२५०

१८०-२००

उत्पादन टन/हेक्टर

१.५-१.८

५-६

९-१०

श्रोत: दाहाल २०७१

सन्दर्भ सामग्री

व्यवसायिक मत्स्य पालन

रामेश्वर सिंह पाण्डे

 

माछा, मौरी तथा रेशम, प्राविधिक ज्ञान

बालारामकृष्ण बन्जाडे

पशुपन्छी विकास मन्त्रालय